शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा तेलको मूल्य बढ्दा निगमलाई दैनिक सवा २ करोड घाटा

भारतमा तेलको मूल्य बढ्दा निगमलाई दैनिक सवा २ करोड घाटा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाल आयल निगम (एनओसी)लाई दैनिक सवा दुई करोड रुपैयाँ  घाटा भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु तथा नेपाली रुपैयाँभन्दा अमेरीकी डलर बलियो बन्दै जानाले सिधै नेपालमा इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट निगमले आयात गर्ने पेट्रोलियम पदार्थमा प्रत्यक्ष असर गरेको हो ।

निगमका निमित्त कार्यकारी अधिकारी शुसिल भट्टराईले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नाको साथै नेपाली रुपैयाँ  डलरभन्दा कमजोर हुदै जादा निगमकको घाटा बढेको बताए । गएको १५ दिनमा केही कम ७ करोड २१ लाख रुपैयाँ मात्रै घाटा थियो ।

उनकाअनुसार केही दिन अघिभन्दा अहिले कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा करीब ८-१० प्रतिशत वृद्धि भएको छ । दुई/तीन हप्ताअघिसम्म प्रतिब्यारेल करीब ७१/७२ युएस डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य अहिले ७६/७७ यूएस डलर पुगेको छ ।

अमेरिकी डलरसँग नेपाली मुद्राको लगातारको अवमूल्ययनले शतप्रतिशत आयात गर्ने निगमलाई नकरात्मक प्रभाव परेको छ । दिनप्रतिदिन लगातार खर्च बढ्दै गइरहेको छ । केही हप्ताअघि मात्रै एक अमेरीकी डलरको सटही दर करीब ११० रुपैयाँबाट अहिले बढेर ११४ अमेरीकी डलर पुगेको छ ।

'जसले गर्दा सेप्टेम्बर १ देखिपछि भारतबाट आयात हुने नयाँ पेट्रोलियम पदार्थको कारण निगमलाई महिनामा करीब ६४ करोड रुपैयाँ घाटा हुने देखिएको हो,' उनले भने 'घाटा बढ्दै गएकोले निगमको आर्थिक व्यवस्था झनै संंकटपूर्ण अस्थामा पुगेको छ ।'

उनको कुरालाई आधार मान्ने हो भने निगमलाई अहिले दैनिक दुई करोड १३ लाख ३३ हजार रुपैयाँ घाटा छ ।

सेक्टेम्बरयता आइओसीबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअुनसर समग्रमा निगमलाई १५ दिनमा करिब ३१ करोड ५९ लाख रुपैयाँ घाटा हुने देखिन्छ । कुल कारोबारमा करीब ८० प्रतिशत हिस्सा ओगट्ने डिजेलमा प्रतिलिटर २.८४ रुपैयाँ र प्रतिसिलिण्डर एलपी ग्यासमा ३३१.९१ रुपैयाँ घाटा हुनेभएको छ ।

उक्त घाटा चुनौतीको विषय बन्दै गएको निमित्त कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । 'यी दुई पदार्थमा मात्रै १५ दिनमा झण्डै ५९ कारोड रुपैयाँ घाटा हुन्छ,' उनले भने ।  हवाई इन्धनको नाफाले केही घाटा घटाउन राहत मिलेको छ ।

निगमले यसअघि सरकार तथा निगम सञ्चालक समितिको ०७१ सालको निर्णय बमोजिम 'पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली' अनुरुप आईओसीबाट प्राप्त हुने मूल्य अनुरुप पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य लागत बढ्दा नेपालमा पनि मूल्य बढाउने र घट्दा घटाउदै आइरहेको छ । उक्त मूल्य संरचना बमोजिम असार मसान्तसम्ममा २० पटक पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ भने १५ पटक बढाइएको निगमको भनाइ छ ।

खपत २३ प्रतिशत बढ्यो

शत प्रतिशत आयातमा भर पर्नु पर्ने पेट्रोलिमय पदार्थको खपत भने बढ्दोक्रममा छ । निगमका प्रवक्ता वीरेन्द्र गोईतले अघिल्लो वर्षभन्दा गएको वर्ष पेट्रोलियम पदार्थको खपत २० प्रतिशत बढेको बताए ।

'पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेलको खपत २३ प्रतिशत वृद्धि भएको छ,' उनले भने 'अघिल्लो वर्ष ०७३/७४ मा १२ लाख ९७ हजार किलो लिटर खपत  भएकोमा गएको वर्ष ०७४/७५ मा बढेर १५ लाख ९७ हजार किलो लिटर पुगेको छ ।'

त्यस्तै गएको वर्ष पेट्रोलको खपत ४ लाख ८४ हजार, किलोलिटर, मट्टीतेलको खपत २२ हजार किलो लिटर, हवाई ईन्धनको एक लाख ९४ हजार किलो लिटर र खाना पकाउने एलपि ग्यासको खपत ३ लाख ७० टन भएको छ । उक्त खपत अघिल्लो वर्षकोभन्दा पेट्रोलमा  २०, मट्टीतेलमा १५, हवाई ईन्धनमा १८ र एलपि ग्यासमा १८ प्रतिशत बढेको उनले जानकारी दिए ।

पेट्रोल २६.७७  डिजेल २८.८० रुपैयाँ सस्तो

निगमका प्रवक्ता गोईतले अहिले नेपालस्थित बीरगन्ज र भारतको रक्सौल सीमा क्षेत्रलाई हेर्दा पेट्रोल प्रतिलिटर २६.७७ र डिजेल २८.८० रुपैयाँ नेपालतर्फ सस्तो रहेको बताए । 

भारत सरकारले नेपालकोभन्दा पनि बढी विभिन्न शुल्कहरु उठाउने भएकोले भारतमा मूल्य बढेको उनको भनाइ छ । 'यसलाई निगमले चुनौतीको रुपमा हेरेको छं,' उनले भने 'यसबाट विकास निर्माणको लागि आवश्यक पर्ने पेट्रोलिययम पदार्थको आपूर्तिमा प्रतिकूल प्रभाव पर्ने सक्ने भएकोले चनाखो हुनुपर्ने अवस्था छ ।' खुला सीमा भएकोे कारणले चुनौती विद्यमान रहेको उनले जानकारी दिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।