बुधबार, असार ३, २०८३

खाद्यले आजबाट खसीबोका बिक्री गर्दै, कसको मूल्य कति?

खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ।

National life

बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्। 

कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ।

कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ। कम्पनीले आजदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो। ती खसीबोका र च्याङ्ग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइएको छ।

कम्पनीले दार्चुलाबाट ५०० च्याङ्ग्रा खरिद गरेर काठमाडौं ल्याएको  जनाएको छ। यो वर्ष च्याङ्ग्रा खरिद नगर्ने भनिएको भए पनि ’शक्ति केन्द्र’को चर्को दबाबपछि कम्पनीले च्याङ्ग्रा खरिद गरेको हो। 

Shivam cement

निजी कम्पनीहरूले च्याङ्ग्रा काठमाडौंमा भित्र्याएपछि सरकारी संस्थालाई शक्ति केन्द्रले दबाब दिएका थिए। यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैंका लागि खसीबोका खरिद गरिएको छ। 

खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ। खसीको बिक्री मूल्य ज्यूँदोमा प्रतिकिलो ६८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताए । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ।

च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ। प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन्। छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्ने बताइएको छ। खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ तोकेको थियो। च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो।

प्रकाशित: Sep 28, 2022| 08:30 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्