शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा कायम गरेको छ।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२५ रुपैयाँ ३८ पैसा र बिक्री दर १२५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५६ पैसा र बिक्री दर ८४ रुपैयाँ ९५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६६ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १६ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६३पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १६ पैसा र बिक्री दर ९ रुपैयाँ २० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Sep 28, 2022| 07:37 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्