शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कामु प्रधानन्यायाधीश कार्कीको असोज १६ मा अवकाश, पूर्वप्रधानन्यायाधीश सरह सुविधा दिइने

कामु प्रधानन्यायाधीश कार्कीको असोज १६ मा अवकाश, पूर्वप्रधानन्यायाधीश सरह सुविधा दिइने

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको यही असोज १६ गते अनिवार्य अवकाश पाउने भएका छन्। ६५ वर्षको उमेर हदका कारण असोज १६ मा कार्कीले अवकाश पाउने भएपछि सरकारले उनको सेवा सुविधाबारे निर्णय गरेको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको यही असोज १६ गते अनिवार्य अवकाश पाउने भएका छन्। ६५ वर्षको उमेर हदका कारण असोज १६ मा कार्कीले अवकाश पाउने भएपछि सरकारले उनको सेवा सुविधाबारे निर्णय गरेको छ। 

National life

सरकारले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि पूर्वप्रधानन्यायाधीशलाई सरह सुविधा दिने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषद बैठकले ६ महिनाभन्दा बढी अवधि कामू प्रधानन्यायाधीश भएका न्यायाधीशलाई गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्तावका कारण उनी निलम्बनमा परेपछि कार्की कामू प्रधानन्यायाधीश भएका थिए। उनको अवकाशअघि बसेको मन्त्रिपरिषद बैठकले ६ महिना कामु प्रधानन्यायाधीश भइसकेका न्यायाधीशलाई गाडी र सवारीचालक सुविधा दिने निर्णय गरेको हो ।

पूर्व प्रधानन्यायाधीशले गाडी, केही सुरक्षाकर्मी र सहयोगी कर्मचारी सुविधा लिने गरेका छन्। सुरक्षाकर्मी र सहयोगी भने निश्चित अवधिपछि फिर्ता गर्नुपर्छ।

प्रकाशित: Sep 27, 2022| 18:34 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।