काठमाडौं– निर्वाचन आयोगले बुधबार (१२ असोज) देखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि आयोगले आचारसंहिता लागू गर्ने भएको हो।
मंगलबारको आयोग पदाधिकारी सम्मिलित बैठकले आचारसंहिताबारे निर्णय गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए।आचारसंहिता पालनालाई राजनीतिक दलहरूले कडाइका साथ पालना गर्ने विश्वास रहेको प्रमुख आयुक्त थपलियाको भनाइ छ।
‘निर्वाचन आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिता पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेका छौं,’ थपलियाले भने।