शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमा एयरबड्स पाइने

अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमा एयरबड्स पाइने

नेपाली बजारमा अनर एक्स सिक्स स्मार्टफोन भित्रिने भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपाली बजारमा अनर एक्स सिक्स स्मार्टफोन भित्रिने भएको छ।

National life

चिनियाँ ब्रान्ड अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले शनिबारदेखि आइतबारसम्म दुई दिनका लागि यस फानको प्रि-बुकिङ खुलाउने भएको छ।

हाल नेपाली बजारमा अनर एक्स सिरिजका एक्स सेभेन, एक्स एट र एक्स नाइन तथा अनर ५० लाइट फोन उपलब्ध छन्।

कम्पनीका अनुसार अनर एक्स सिक्सको प्रि-बुकिङ गर्दा उपभोक्ताले साढे पाँच हजार रुपैयाँ पर्ने 'एयरबड्स एक्स थ्री लाइट' ५०० रुपैयाँमै पाउनेछन्।

नेपाली बजारमा यो फोनको मूल्य १८ हजार ४९० रूपैयाँ तोकिएको छ। अनर एक्स सिक्समा ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ। मिडियाटेक चिपसेट र एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित फाेन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा किन्न सकिन्छ। 

Shivam cement

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा २ दुई मेगापिक्सेलको डेफ्थ सेन्सर रहेको छ। सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा सेन्सर समावेश छ।

त्यस्तै यसमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ। सँगै यसमा फास्ट चार्जिङ प्रविधि रहेको कम्पनीको भनाइ छ।


प्रकाशित: Sep 27, 2022| 12:43 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्