बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजार अनुगमनमा निस्किइन् काठमाडौं महानगरकी उपमेयर डंगोल

बजार अनुगमनमा निस्किइन् काठमाडौं महानगरकी उपमेयर डंगोल

महानगरको टोलीले तीन समूह परिचालन गरी बजार अनुगमन सुरु गरेको हो।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं– काठमाडौं महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ।मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजारलगायत क्षेत्रमा महानगरको टोलीले बजार अनुगमन गरेको छ। 

National life

महानगरको टोलीले तीन समूह परिचालन गरी बजार अनुगमन सुरु गरेको हो। संघ तथा प्रदेश कार्यालयका प्रतिनिधि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोरलगायतमा अनुगमन गरेको हो। 

उपेमयर डंगोलका अनुसार महानगरले भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ। ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरे वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिए महानगरको हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न आग्रह गर्दछौं,’ डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैंअघि र पछि पनि निरन्तरता दिन्छौं।’ 

टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तरकारी र फलफूल बजार र वरपरका पसलमा अनुगमन गरिएको बताइन्। उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा बिक्रीका लागि राखिएका प्याकेजिङमा उत्पादन मिति प्रस्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको जानकारी दिइन्। बजार अनुगमनका क्रममा खाद्यन्नलगायतको मूल्यसूची नियमित ‘अपडेट’ गर्न सुझाइएको उनको भनाइ छ।

प्रकाशित: Sep 27, 2022| 12:17 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्