शुक्रबार, मंसिर १९, २०८२

के पढ्ने दसैंमा? प्रकाशनगृहले ल्याए यस्ता साहित्यिक पुस्तक

किताब साथमा भयो भने दसैंको फुर्सदिलो समय सदुपयोग गर्न सहज हुन्छ। दसैंमा पैसाको थप व्यवस्थापन बोनसले जुटाइदिन्छ। अन्य सामान किनमेल गर्ने क्रममा आख्यान, गैरआख्यान कृति छानीछानी किन्न सकिन्छ। सबैतिर हर्षोल्लासको वातावरण हुने हुँदा अघिपछिभन्दा दसैंका बेला किताब किन्ने र प्रकाशन गर्नेको बाढी नै लाग्छ।
 |  मंगलबार, असोज ११, २०७९

राज सरगम

राज सरगम

मंगलबार, असोज ११, २०७९

काठमाडौं- सामान्यतया झरी पर्न कम भएसँगै नेपालीमाझ चाडवाडको रौनक सुरु हुन्छ। दसैं–तिहारले सबैलाई छपक्कै छुन्छ। बाटाघाटा सुकिला हुन्छन्। फूल फुल्न थाल्छन्। बजार पनि बाक्लो खुल्छ। विदेश गएका आफन्त स्वदेश फर्किन्छन्। सहर पसेका दाजुभाइ गाउँ फर्किन्छन् अनि किनमेलका लागि बजारतिर भीड पनि बाक्लिन्छ।

National life

यस्तै दसैं छेको पारेर साहित्यिक किताबको व्यापार चल्छ अनि नयाँ–नयाँ किताब प्रकाशनको बाढी नै आउँछ। 

अघिपछिभन्दा दसैं बिदामा बढी किताब निकाल्न हौसिन्छन्, प्रकाशकहरू। महिनामा एक पुस्तक विमोचन गर्ने प्रकाशक दसैं छेको पारेर एकै महिनामा आधा दर्जन बढी किताब विमोचन गर्छन्। किताब बजारमा ल्याउन भव्य विमोचन पनि गर्छन्। यस्तो लाग्छ, लेखक तथा प्रकाशकहरूका लागि दसैं ‘पुस्तक प्रकाशनको मौसम’ हो। यतिबेला प्रकाशकहरू नयाँ पुस्तक बजार पठाउने हतारोमा हुन्छन्। २०७९ दसैं छेकोमा पनि बाक्लै किताब प्रकाशन गर्ने माहोलले निरन्तरता पाएको छ। 

प्रकाशक त्यसो किन गर्छन्? नेपालय पब्लिकेसनकी मुख्य कार्यकारी अधिकृत सैजना मास्के दुई कारण खुलाउँछिन्, ‘पहिलो, दसैं नजिक पैसाको व्यवस्थापन बढी हुने र दोस्रो कारण, बिदाको समय अघिपछिभन्दा बढी हुने।’ 

किताब साथमा भयो भने दसैंको फुर्सदिलो समय सदुपयोग गर्न सहज हुन्छ। आफ्नो नाम खुलाउन नचाहने एक प्रकाशक भन्छन्, ‘वातावरण खुलेको हुन्छ। दसैं अवसरमा बोनस पनि थपिएको हुन्छ। अन्य सामान किनमेल गर्ने क्रममा किताब पनि किन्न सकिन्छ। बिदामा ढुक्कसँग आफूले चाहेका लेखकका साहित्य, राजनीति, भूगोल, ज्ञानविज्ञानका किताब पढ्न सकिन्छ। यो सकारात्मक सिजन भएकाले पनि पुस्तक प्रकाशन गरेर बजारमा ल्याउन बढी जोड गरिन्छ।’ 

Laxmi sunrise bank
kumari
किताब साथमा भयो भने दसैंको फुर्सदिलो समय सदुपयोग गर्न सहज हुन्छ। दसैंमा पैसाको थप व्यवस्थापन बोनसले जुटाइदिन्छ। अन्य सामान किनमेल गर्ने क्रममा आख्यान, गैरआख्यान कृति छानीछानी किन्न सकिन्छ। सबैतिर हर्षोल्लासको वातावरण हुने हुँदा अघिपछिभन्दा दसैंका बेला किताब किन्ने र प्रकाशन गर्नेको बाढी नै लाग्छ।

फाइन प्रिन्टले आधा दर्जन बढी आख्यान र गैरआख्यान किताब बजारमा ल्यायो। 

डा. भगवान कोइरालाको आत्माकथा ‘हृदय’ बजारमा आइसकेको छ। फाइन प्रिन्टले डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन गरेको हो।

युवा पुस्तालाई मन पर्ने लेखक हुन्, सुविन भट्टराई। यो दसैं अवसरमा भट्टराईको आख्यान कृति ‘इजोरिया’ बजारमा ल्याएको छ, फाइन प्रिन्टले। उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा बुनिएको, उनिएको छ। पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन्। यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराई यस पटक भने कथा टिप्न मधेस पुगेका छन्। ‘इजोरिया’ मैथिली शब्द हो। यसको अर्थ जुनेली हो।

फाइन प्रिन्टले संविधान दिवस अवसर पारेर राजनीतिज्ञ रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ नामक गैरआख्यान पुस्तक पनि प्रकाशन गरेको छ। 

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको दिव्योपदेश र बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको मिश्रले पुस्तकमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्रकेन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०–७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्नैपर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ।’ 

प्रकाशित: Sep 27, 2022| 11:58 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।