बुधबार, वैशाख १२, २०८१

हेमराजको विद्रोहले धनकुटामा झस्किएको कांग्रेस र हौसिएको एमाले

माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण गरिँदै छ। एमाले सत्ता गठबन्धनसित लड्नुपर्ने अवस्था रहिरहेकामा धनकुटामा माओवादीको सामूहिक विद्रोहले गठबन्धनको भारी हलुका हुनेमा ढुक्क देखिएको छ।
 |  मंगलबार, असोज ११, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आइतबार पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरे। भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूले राजीनामा दिएका छन्। 

triton college

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा माओवादीमा भएको सामूहिक विद्रोहले धनकुटाको राजनीतिले कोल्टे फेरेको छ।  

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ८ असोजमा बसेको जिल्ला समन्वय समिति बैठकले जिल्लास्थित पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको उल्लेख गरेका छन्। माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण सुरु भएका छन्। 

झस्किएको कांग्रेस 
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरिरहेका छन्। कांग्रेसले केन्द्रीय सदस्य सुनीलबहादुर थापालाई अघि सारेको छ भने जसपाले रकम चेम्जोङलाई छाड्नुपर्ने दाबी गर्दै आएको छ। तर धनकुटा कांग्रेसको भागमा पर्दा थापा चुनावी मैदानमा जाने सम्भावना धेरै छ। एमालेबाट यसअघि निर्वाचित भएका राजेन्द्र राईले टिकट पाउने सम्भावना धेरै छ। 

तर सत्ता गठबन्धनको चुनावी अंक गणितलाई हेमराजको विद्रोहले धक्का पुर्याइदिएको छ। २०१५ पछिका कुनै पनि संसदीय निर्वाचनमा कांग्रेसले जित निकाल्न सकेको छैन। यस पटक सत्ता गठबन्धनको सहयोगमा जित निकाल्ने दाउमा कांग्रेस थियो। तर माओवादीमा भएको विद्रोह र हेमराजको स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई झस्काइदिएको छ। कांग्रेस नेताहरू पछिल्लो राजनीतिक घटनाक्रमले विजयको झन्डा गाढ्ने अभियानमा असर गर्ने टिप्पणी गर्छन्। 

corrent noodles
Metro Mart
माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण गरिँदै छ। एमाले सत्ता गठबन्धनसित लड्नुपर्ने अवस्था रहिरहेकामा धनकुटामा माओवादीको सामूहिक विद्रोहले गठबन्धनको भारी हलुका हुनेमा ढुक्क देखिएको छ।

‘हिजो हेमराजजीहरूले पार्टी छाड्नुभयो। मैले उहाँसँग कुरा गरें। उहाँले गठबन्धनसँगको असमझदारीका कारण पार्टी छाडेको होइन भन्नुभयो। पार्टीभित्रकै असन्तुष्टिका कारण उहाँ अलग हुनुभएको रहेछ। अघिल्लो निर्वाचनमा पनि त्याग गरेकाले यसपटक प्रतिनिधिसभामा उहाँहरूको दाबी रहेछ,’ कांग्रेस धनकुटाका सभापति दिनेश राईले भने, ’मैले उहाँलाई प्रदेशसभामा उम्मेदवार बन्नुस् भनेको छु। उहाँहरूले पार्टी छाड्दा हामीलाई असर गर्छ नै। त्यस कारण हामी उहाँहरूलाई मिलाउने प्रयत्नमा छौं।’ 

त्यसो त, राई २०१५ पछि धनकुटामा चारतारे झन्डा फहराउने मौका यस पटक रहेको बताउँछन्। ६४ वर्षपछि प्राप्त मौका गुम्न नदिने उनको भनाइ छ। ‘हामीले ७ स्थानीय तहमा चार जितेका छौं। गठबन्धनले २९ वटा वडा जितेको छ। हामी गठबन्धनको रणनीतिमा अडिग छौं। चार वटा पार्टीलाई भाग पुग्दैन। त्यस कारण प्रतिनिधिसभा हामीले लिएर दुई प्रदेशसभा अन्य दललाई छाड्ने तयारीमा छौं,’ राई भन्छन्, ‘अर्को एउटा दललाई पछि राष्ट्रिय सभातिर मौका दिन सकिन्छ। यस पटक जित्ने अवसर छ। हामी यो प्रयास गुमाउन चाहदैनौं।’

कांग्रेसले जितेका स्थानीय तहमा भइरहेको कार्य सम्पादनले पनि पार्टीलाई जित दिलाउन सहयोग पुग्ने उनको दाबी छ। ‘हामीले जितेको पालिकामा विकासको मोडल देखिन थालेको छ। हाम्रा जनप्रतिनिधिको कार्य सम्पादन पनि हाम्रो जितको आधार हो,’ उनले भने। 

उत्साही एमाले 
नेकपा एमाले भने हेमराजसहितका माओवादी नेताको विद्रोहले उत्साही देखिन्छ। सत्ता गठबन्धनको भारी एक्लै बोक्नुपर्ने अवस्थामा माओवादीको सामूहिक विद्रोहले एमालेलाई गठबन्धनको भारी हलुका हुने देखिएको छ।

एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको प्रतिक्रियाले त्यसैको संकेत गर्छ। गठबन्धनभित्र जात्रैजात्राको स्थिति रहेकाले एमालेको विजययात्रालाई कसैले रोक्न नसक्ने उनको दाबी छ।  

‘गठबन्धनभित्र जात्रैजात्रा छ। गठबन्धन नेताको टाउका मिलाएर हुने होइन। जनताले पत्याउने कुरा हो। यस पटक जनताको अभिमत गठबन्धनको पक्षमा होइन, एमालेतिर देखिएको छ। जबर्जस्ती बनाएको गठबन्धनले खासै  पार लाग्ने देखिएन,’ पराजुली भन्छन्, ‘यसबीचमा गठबन्धनले सत्ता चलाउँदा जे–जे गरिरहेको छ, त्यो जनताले देखेका छन्। गठबन्धनले के गर्छ भन्ने छर्लंगै देखिएको छ। त्यस कारण एमालेको विजय यात्रालाई कसैले रोक्न सक्दैन।’

प्रकाशित: Sep 27, 2022| 21:27 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...