काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचिमा परेका ६ जना व्यवसायीलाई हटाएको छ।
मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाइउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अनुसार थोकमा मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवशायी पुरुषेत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतलाई हटाइएको हो।
रातो सूचिमा परेका बाँकी ९२ जना व्यवशायीले बुझाएको स्पष्टिकरण अध्ययन गर्न पाँच सदस्सीय कार्यदल समेत गठन गरिसकिएको छ। उक्त नयाँ कार्यदलले भदौ २३ गते प्रतिवेदन बुझाउने र २४ गते बोर्ड बैठक बसेर उनीहरुको बारेमा टुंगो लगाउने मन्त्रालयको भनाइ छ।
कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवसायी, किसान र समितिकातर्फबाट एक÷एक जना प्रतिनिधि सहभागि रहेको छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४