शुक्रबार, साउन १, २०८३

साढे चार करोडमा घरघरमा खानेपानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतको पश्चिम बराहतालमा साढे चार करोड बढीको लगानीमा घरघरमा खानेपानी पुगेको छ। नेपाल सरकारको चार करोड ४७ लाख ६६ हजारको लागतमा बडिड्चौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले घरघरमा खानेपानी पुर्‍याएको हो। 

आयोजना सञ्चालन आएसँगै बराहताल गाउँपालिका वडा नं. ५ र ८ का आठ सय घुरधुरीका ३५ सयबढी उपभोक्ताहरुले लाभान्वित भएका छन्।

‘घरघरमा खानेपानी पुगेपछि आग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ।’वराहताल ५ का स्थानीय डम्मर गरंजाले भने, ‘अब कसैले खोलाको धमिलो पानी खानुपर्दैन।’ ‘झिसमिसेमै उठेर पानी बोक्नुपर्थ्यो।’ 

अर्को स्थानीय चन्द्रा सारुले भनिन्, ‘अब हामी महिलाहरुका दुःखका दिन गए।’ पानी बोक्नुपर्दाका दुःख सम्झीदै सारुले भनिन् ‘निद्राबाट बिउझन वित्तिकै गाग्री बोकेर खोलातिर दौडनु पथ्र्याे । घरमै पानी पुगेपछि विशेषगरी महिलाहरुलाई सहज भएको सारु बताउँछिन्।‘पानी ल्याउन जाँदा पनि जोरा (साथी) खोज्नुपर्थ्यो।’ 
त्यसैगरी मनिसरा सिंजापतिले भनिन, ‘उज्यालो नहुँदै पधेरोमा (पानी खाने धारा) एक्लै जाँदा डर पनि लाग्थ्यो ।’ घरमै पानी धारापछि खुशी हुँदै सिंजापतिले भनिन ‘अब त न डर लाग्छ, न जोरा चाहिन्छ।’


गरंजा, सारु र सिंजापतिलाई मात्रै होइन घरमै पानीको धारा पुगेपछि बराहतालका ५ र ८ का सबै स्थानीयमा खुशी छाएको छ। २०६४ सालदेखि निर्माण कार्य सुरु भएको आयोजनाको २०७३ सालमा शिलान्यास भएको थियो। 

करिव एक दशकको प्रयासपछि अहिले ७ सय ७२ धाराबाट खानेपानी वितरण भइरहेको उपभोक्ता समितिका अध्यक्ष अर्जुनकुमार बुचामगरले बताए। आयोजनाबाट  सय ७ सय ७१ वटा निजी धारा, १० वटा सामुदायिक धारा वितरण गरिएको छ। करिव १४ किमी टाढाको सोतखोलाको कुन्टाखोला, दमारेखोला, काप्राखोलाबाट पानी ल्याइएको हो । ‘स्वच्छ खानेपानीको सपना वर्षैपछि पुरा भएको छ।’मगरले भने ‘हाम्रो ठूलो प्रयासपछि घरघरमा खानेपानी पुगेको छ।’

यसबैबिच आयोजनाको खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले सोमबार एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरेकी छिन्। आयोजनाको उद्घाटन गर्दै मन्त्रि मगरले आगामी तिन बर्ष भित्रमा देशका सम्पूर्ण नागरिकहरुलाई शुद्ध खानेपानीको सुनिश्चितता गर्न सरकारले काम गरिरहेको बताइन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।