शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

कर्मचारी कटौतीका लागि दुवै बैंकमा स्वेच्छिक अवकाश योजना ल्याइने छ। हाल कुमारी र एनसीसी गरी ३५ सय कर्मचारी रहेका छन्। कुमारीमा १९ सय र एनसीसी बैंकमा १६ सय कर्मचारी रहेका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैंकबीच मर्जर सम्झौता भएको छ। एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्। 

National life

कुमारी बैंकका अनुसार सम्झौता बमोजिम दुवै बैंक १:१ को सेयर स्वाप रेसियोमा मर्ज हुनेछन्। मर्जपछि पनि एनसीसीका हालका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल नै सीईओ हुनेछन् भने बैंकको नाम कुमारी हुनेछ। त्यस्तै कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन्। 

कर्मचारी कटौतीका लागि दुवै बैंकमा स्वेच्छिक अवकाश योजना ल्याइने छ। हाल कुमारी र एनसीसी गरी ३५ सय कर्मचारी रहेका छन्। कुमारीमा १९ सय र एनसीसी बैंकमा १६ सय कर्मचारी रहेका छन्। 

दुवै बैंक गाभिएपछि बन्ने कुमारी बैंकको चुक्तापुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ भने निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड र कर्जा प्रवाह २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ। मर्जपछि बैंकको शाखा ३५५ वटा हुनेछन्। 

प्रकाशित: Sep 26, 2022| 15:38 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्