शुक्रबार, साउन १, २०८३

नक्कली सुन सहित ६ जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन सहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङ जमुना गाँउपालीका-२ का २६ बर्षिय अभिषेक तामाङ, दर्खा-४ का २१ बर्षिय राज तामाङ, जिबनपुर-८ का १८ बर्षिय राजकुमार तामाङ, नुवाकोट तारकेश्वर १ का २५ बर्षिय जितेन तामाङ सोहि स्थानका २५ बर्षिय विरेन्द्र तामाङ, २८ बर्षिय राम तामाङ छन्।

उनीहरुको साथबाट २ केजी नक्कली सुन बरामद भएको परिसरले जनाएको छ। विशेष सुराकीको आधारमा नागढुङ्गा हुदै काठमाडौं ल्यउदै गर्दा पक्राउ गरीएको बताईएको छ। 

काठमाडौको नयाँ बानेश्वरबाट हराएका १५ बर्षिय किसोर निक्की पराजुलीलाइ बिरगंजमा फेलापारी परिवाररको जिम्मा लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

अवैध वन्यजन्तु चितुवाको छाला सहित रोल्पा थवाङ्ग गाउपालीका-१ का अनमोल झाक्रीलाई महानगरीय प्रहरी परीसरको टोलीले नियन्त्रणमा लिएको छ। काठमाडौंको बिष्णुमती पुल नजिकैबाट चितुवाको छाला बेच्न हिडेका झाक्रीलाई महानगरीउ प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।