आइतबार, असोज ४, २०८३

मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रबार ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो।

अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान गरेको छ। कार्यक्रम उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो। कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याबअनुसार ३२ इन्चको स्मार्ट टिभि १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको थियो।

कार्यक्रममा मंगलम् पाइपका प्रबन्ध निर्देशक अभिनवचुरिवालले उपहार हस्तान्तरण गरेका थिए। मिडियाको पनि बाक्लो उपस्थिति रहेको कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमुलक तथा मनोरञ्जनात्मक सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: Sep 26, 2022| 14:09 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्