शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लगानी कोषमा अनलाइन प्रणालीबाटै शिक्षकको फाँटवारी पठाउने व्यवस्था सुरु

लगानी कोषमा अनलाइन प्रणालीबाटै शिक्षकको फाँटवारी पठाउने व्यवस्था सुरु

नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्यरुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकले सावधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्यरुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।

National life

यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।

विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका कार्यालयलाई लक्ष्यित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको हो ।

शिक्षकहरुले यो सुविधा उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने कोषको दाबी छ ।


प्रकाशित: Sep 26, 2022| 14:04 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्