आइतबार, असोज ४, २०८३

डिशहोम फाइबरनेटको 'खुशीको साथी' अफर सार्वजनिक

डिशहोम फाइबरनेटले नयाँ योजना "खुशीको साथी," सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- डिशहोम फाइबरनेटले नयाँ योजना "खुशीको साथी," सार्वजनिक गरेको छ। खुशीको साथी अन्तर्गत ग्राहकहरुले रु ४१,७३९ मा डीएचई स्मार्ट टिभी, फाइभजी डुअल ब्यान्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन साथै डिशहोम आइटीभीको एक बर्षको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आइटिभी मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् । खुशीको साथी, अन्तर्गतको उत्कृष्ट डीएचआइ स्मार्ट टिभीमा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि डीएचआइ स्मार्ट टिभी सहित यो योजना ल्याएको जनाएको छ । 

प्रकाशित: Sep 26, 2022| 13:59 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्