शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोल्पाका कार्यकर्ताको प्रतिक्रियापछि वामदेव 'ब्याक'

डोल्पाका कार्यकर्ताको प्रतिक्रियापछि वामदेव 'ब्याक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपाका सचिवालय सदस्य वामदेव गौतमको चुनाव लडेर सांसद बन्ने सपनामा तुषारापात भएको छ। डोल्पाका कार्यकर्ताले गौतमलाई अस्वीकार गर्ने चेतावनी दिएपछि यस्तो अवस्था आएको हो। 

सोही कारण डोल्पाका सांसद धनबहादुर बुढाले राजिनामा दिएका छैनन्। यसअघि उनले १५ भदौमा राजिनामा दिने घोषणा गरेका थिए।

सांसद बुढा राजिनामा दिनका लागि एक साता गृहजिल्ला घुम्न गएका थिए। उनको कुरालाई विकट क्षेत्रका नेकपा कार्यकर्ताले सामान्य रूपमा लिए । सबैभन्दा बढी जनसंख्या रहेको सदरमुकाम दुनैका कार्यकर्ताले भने बुढाको राजिनामा र गौतमलाई डोल्पा ल्याउनुपर्ने औचित्य पुष्टि गर्न चेतावनी दिएका थिए।

‘के हामी बिक्रीका लागि राखिएका भेडा बाख्रा हौं ?’ भेलामा सहभागी एक कार्यकर्ताको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। दुनैमा भेला भएका कार्यकर्ताले बुढासँग विभिन्न शर्त राखेका थिए। उनीहरूले अहिले राजिनामा किन दिनुपर्‍यो भन्दै प्रश्न गरेका थिए। 

डोल्पा सदरमुकाम दुनैका नेकपा नेता-कार्यकर्ताको प्रश्न- ‘के हामी बिक्रीका लागि राखिएका भेडा बाख्रा हौं ?’


गौतमलाई डोल्पामा ल्याएर चुनाव लडाउनु भनेको कर्णलीमा कोही पनि लायक नेता छैनन् भनेर प्रमाणित गर्न खोजेजस्तो देखिने प्रतिक्रिया उनीहरूको थियो। यस्तै, बुढाले राजिनामा दिएमा डोल्पाकै अर्को उम्मेदवार हुनुपर्ने माग पनि गरेका थिए।

स्रोतका अनुसार उनीहरूले तत्काल राजिनामा नदिनसमेत बुढालाई आग्रह गरेका थिए। यस्तो प्रतिक्रिया पाएपछि बुढा राजिनामा दिन पछाडि हटेको  स्रोतले बतायो। र, गौतम पनि द्विविधामा परेको स्रोतले जनाएको छ।

पार्टी एकीकरणपछि प्रचण्डको पहिलो खेलकुद

गौतमलाई सांसद बनाउने चर्चा पहिलेदेखि नै चलेको हो। यो चर्चालाई नेकपाभित्र छलफल प्रवेश गराउने नेता अध्यक्ष प्रचण्ड रहेको पार्टीका नेता/कार्यकर्ताको निष्कर्ष छ।

गौतमलाई सांसद बनाउन प्रचण्डले अगाडि बढाएको छलफललाई नेकपाभित्र खेलकुदका रूपमा बुझ्न थालिएको छ। स्रोतका अनुसार आफू पार्टी अध्यक्ष भएपछि गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन प्रचण्डले दिएकाले उनी त्यसका लागि ‘लबिङ’मा लागेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।