शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संघीय मामला मन्त्रालयको बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक

संघीय मामला मन्त्रालयको बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक

मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९
National life
Shivam cement

काठमाडौं– संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फस्र्योट कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो।

कार्ययोजनामा मन्त्रालयको न्यूनतम ४५ प्रतिशत, मन्त्रालयअन्तर्गत केन्द्रीय निकायले न्यूनतम ६० प्रतिशत, जिल्ला समन्वय समितिले ६० प्रतिशत कुल बेरुजु फस्र्योटको दायित्व रकम चालू आर्थिक वर्षमै फस्र्योट गरिने उल्लेख छ।

कार्ययोजनाअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रथम त्रैमासिकमा ५ करोड, दोस्रो त्रैमासिकमा ६० करोड, तेस्रो त्रैमासिकमा १ अर्ब १० करोड र चौथो त्रैमासिकमा २ अर्ब १५ करोड गरी ३ अर्ब ९० करोड ७९ लाख १६ हजार बेरुजु फस्र्योट गरिनेछ।

प्रकाशित: Sep 26, 2022| 11:19 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्