शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

पर्सा- सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्। 

National life

पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाको शिलान्यास गर्दै आइतबार मन्त्री चौधरीले उक्त कुरा बताएका हुन्। 

‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौं। यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौं। यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइचो लाग्ने छ। धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ,’ मन्त्री चौधरीको भनाइ थियो। 

ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरु निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गरेका थिए।  

ठोरी माधव ताल, पञ्चेश्वर धाम, ठोरी बजार पूर्वाधार निर्माण, विजय बस्ती सभा हाल, सरस्वती मावि भवन निर्माण, सडक विस्तार, पिच तथा ढलानलगायत दर्जनौं आयोजनाहरुको शिलान्यास कार्यक्रममा सहरी मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सह सचिव पद्म कुमार मैनाली, ठोरी गाउँ पालिकाका अध्यक्ष लालबाबु श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, एकीकृत समाजवादी पर्साका कार्यबाहक अध्यक्ष गंगा बहादुर खड्का, मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: Sep 26, 2022| 10:03 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।