शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।

National life

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना चालक रहेका छन्।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरित चलाउने ५० जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालक पनि कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 26, 2022| 09:49 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।