शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीका माग सम्बोधन गर्न स्वास्थ्यकर्मी संघ बीपी क्यान्सर अस्पतालको माग

कर्मचारीका माग सम्बोधन गर्न स्वास्थ्यकर्मी संघ बीपी क्यान्सर अस्पतालको माग

नेपाल स्वास्थ्यकर्मी संघ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १० वर्षदेखि करार, स्थायी तथा अस्थायी तथा मासिक ज्यालादारीमा काम गरेका तथा बढुवा हुन नसकेका स्थायी कर्मचारीको माग सम्बोधन गर्न माग गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १० वर्षदेखि करार, स्थायी तथा अस्थायी तथा मासिक ज्यालादारीमा काम गरेका तथा बढुवा हुन नसकेका स्थायी कर्मचारीको माग सम्बोधन गर्न माग गरेको छ।

National life

सचिव सुशीला अधिकारीद्धारा  आइतबार जारी विज्ञप्तिमा स्थायी रुपमा काम गरिरहेका चिकित्सक, नर्सिङ, एलाईडहेल्थ, इन्जिनियरिङ तथा प्रशासनीक कर्मचारीको बढुवा साथै अस्थायी कर्मचारी उचित व्यवस्थापन गर्न माग गरिएको छ। 

दैनिक ज्यालादारीका कर्मचारीहरु प्रतिस्पर्धा बिना भर्ना गरेर आर्थिक व्ययभार सृजना गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। 

यस्तै कर्मचारीका लागि दिइने आवास अनाधिकृत रुपमा मनोमानी ढंगबाट प्रयोग भएको समेत सघंले आरोप लगाएको छ। माग समयमै सम्बोधन नगरेमा विरोधका कार्यक्रम अघि सार्ने चेतावनी संघको छ।

प्रकाशित: Sep 26, 2022| 09:20 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।