शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संयुक्त सैन्य अभ्यासको निर्णय राष्ट्रिय हित विपरित: भिम रावल

संयुक्त सैन्य अभ्यासको निर्णय राष्ट्रिय हित विपरित: भिम रावल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिमस्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। 

रिपोर्टर्स क्लब नेपालको आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको दाबी गरेका छन्। 

बिमस्टेक बैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई धन्यवाद ज्ञापन गर्दै नेता रावलले भने, 'केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, राष्ट्रियता, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै संवाद, छलफल र बहस नगरिकन यसरी सरकारले एकल निर्णयका आधारमा सहमति गर्नु बिल्कुल गलत हो।' 

उनले अघि थपे,‘१८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाउ युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्ध बन्दि बनाईयो र बन्दि बनाईएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ति केन्द्रको रुपमा विकास गर्यो, जुन कुरा नेपाली पराजयको संकेतका रुपमा स्थापना गरेको गोरखा भर्ति सन्धीको बिरोधमा मैले आधा शताब्दी खर्चि सकेको छु।’

उनले भने,‘नोभेम्बर ९ मा १९४७ राणा, बेलायत सरकार र भारतबीच भएको सहमतिले हाम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिरहेको छ, देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न मलाई कतै कसैले रोक्न सक्दैन।’

उनले आफू पार्टीको सिपाई हुनुपूर्व देशको नागरिक भएको उल्लेख गर्दै भने, 'पार्टीभन्दा देशको बारेमा चिन्ता गर्नुपर्छ भन्ने मानिस हुँ, सविधानको हित विपरित र नेपाली पराजयको प्रतिकको रुपमा स्थापना गरिएको गोरखा भर्ति सन्धीको बिरोध गर्नु मेरो कर्तव्य हो, यस विषयमा मलाई कसैले किन बोलिस भन्ने कसैलाई अधिकार पनि रहँदैन, म राष्ट्रियताका पक्षमा जहाँपनि बोल्न सक्छु।' उनले सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन आग्रह गर्ने समेत बताए।

नेता रावले आफू राजनीतिक शास्त्र र कानूनको विद्यार्थी भएको बताउँदै सम्पन्न बिमस्टेक बैठकमा सेनापतिको गोप्य बैठक र कुनै पनि छलफल नगरिकन बहुराष्ट्रिय संयुक्त शैन्य अभ्यास देशको हितविपरित छ, हाम्रो स्वतन्त्र परराष्ट्रनीति छ, यसैको आधारमा हाम्रो मुलुक अघि बढ्नुपर्छ, सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठातमा किन निर्णय गर्‍यो? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ।’

समानताको पक्षधर रहेको भन्दै नेता रावलले महिलाको लागि पनि गोरखा भर्ति खुल्ला गरिनुलाई सामान्य रुपमा लिन नहुने बताएका छन्। 

उनले भने,‘मैले धेरै पटक भनेको छु, विश्व युद्धको बेलामा केही स्थानमा अंग्रेजसँग पराजय भएको प्रतिकको रुपमा स्थापना गरिएको गोरखा भर्तिमा नेपाली महिलालाई गोरखा भर्तिको लागि अनुमति दिनु राष्ट्रहित विपरित हो, राम्रो काम होईन, भविष्य सम्झेर मैले यसो भन्दैछु, महिलाको बिरोधी बनेर होइन्, कालान्तरमा आईलाग्ने समस्या र राष्ट्रियतालाई ध्यानमा राखेर यस्ता निर्णयहरु गर्नुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।