सोमबार, फागुन १८, २०८२

नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो।
 |  सोमबार, असोज १०, २०७९

रासस

रासस

सोमबार, असोज १०, २०७९

कास्की- यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो।

प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित तोकिएका खेलस्थलमा पूर्वाधार मर्मत तथा स्तरोन्नतिको काम बल्ल सुरुआत भएको छ।

कास्कीसहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन्। त्यसमध्ये पनि अधिकांश खेल पोखरा रङ्गशालामा नै तोकिएको छ।  पोखरा रङ्गशालामा मात्र १६ खेल सञ्चालन हुँदैछन्। प्रतियोगिताको तयारीका लागि प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तयारीका काम अघि बढाएको छ। विभिन्न १४ वटा उपसमितिले आफ्नो जिम्मेवारीका कामलाई अघि बढाएका छन्।

प्रतियोगिताका लागि अहिले पोखरा रङ्गशालाभित्रका खेलस्थलको मर्मत, सरसफाइ तथा स्तरोन्नति सुरु भएको छ। प्रतियोगिता नजिक आएकाले नयाँ खेलस्थल निर्माण हाललाई सम्भव छैन। प्रतियोगितालाई भव्य बनाउनका लागि भएका पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए। 

उनका अनुसार तोकिएका खेलस्थलमा अहिले पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ तथा खेल्न योग्य बनाउने काम भइरहेको छ। उनले भने, 'नयाँ पूर्वाधार बनाउनका लागि समय र बजेट दुवै हामीसँगै छैन तर भएका पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नतिका सानातिना काम सुरु भएका छन्। खेल खेल्नका लागि योग्य बनाउन खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङरोगनलगायतका काम सुरु भएको छ।'

kumari

राखेपले प्रतियोगिता तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ। उपसमितिले आफ्नो जिम्मेवारीका काम सुरु गरेका छन्। खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताअन्तर्गतका ३६ वटै खेलका खेलस्थल टुङ्गो लगाएको छ।

यद्यपि केही खेलका खेलस्थल परिवर्तन हुने अझै सम्भावना छ। राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि रु एक करोड बजेट छुट्टाएको समितिका कार्यालय प्रमुख योगीले बताउनुभयो। उनका अनुसार पूर्वाधार स्तरोन्नतिको कामका लागि रु दुई करोड खर्च लाग्ने अनुमान छ।

“खेलस्थल व्यवस्थापनका लागि हाल रु एक करोड बजेट छ तर सो बजेट अपुग हुने देखिएको छ। प्रतियोगिता सञ्चालन गर्न र खेल्नयोग्य बनाउन रु दुई करोड खर्च लाग्ने देखिएपछि राखेप सदस्य सचिवसँग कुरा गरेका छौँ,' उनले काम अघि बढाउन भने। एक सातामा स्तरोन्नतिका काम सक्छौँ।” कार्यालय प्रमुख योगीले भने। राखेपले गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँबाहेकका जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल खेलाउने गरी खेलस्थल तोकेको छ। महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाउने तय गरिए पनि बास्केटबल तनहुँमा खेलाउने गरी कुराकानी अघि बढाइएको राखेप बोर्ड सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए।

उनले भने, 'गण्डकीका ११ वटै जिल्लाका कम्तीमा एक खेल खेलाउने र प्रतियोगिताको अपनत्व सबै प्रदेशवासीलाई दिने योजनामा थियौँ तर हिमाली जिल्लामा मौसमका कारण सम्भव देखिएन। पछिल्लो समय तनहुँमा महिला बास्केटबल लैजानका लागि त्यहाँको नगरपालिकासँग सकारात्मक कुरा भएको छ। अन्तिम निर्णय हुन बाँकी छ।'

प्रतियोगिता तयारीका लागि मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा राखेप मातहतको क्षेत्रीय खेलकुद विकास समितिले पूर्वाधार स्तरोन्नति र व्यवस्थापकीय काम गर्दै आएको छ। यसैगरी स्थानीय आयोजकसमेत रहेको गण्डकी प्रदेश सरकारले प्रदेशको आफ्नो तयारीका काम गरिरहेको हो। 

प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोट, विशेष तथा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ। गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउनका लागि सबै खेलका खेलका खेलाडी छनोट सकेर विशेष प्रशिक्षण सुरु गरेको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। 

उनका अनुसार यही असोज १ देखि दुई साताका लागि विशेष प्रशिक्षण सुरु भएको छ भने दसैँपछि लगत्तै बन्द प्रशिक्षण सुरु हुनेछ। गण्डकीले पदकको बढी आशा भएका कराँते र बास्केटबलको हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण हाइअल्टिच्युड ट्रेनिङ सुरु गेको छ।  उनले भने, 'गण्डकीले भाग लिने सबै खेलका खेलाडी छनोट सकेर अहिले विशेष प्रशिक्षण सुरु गरेका छौँ। मनाङमा आइअल्टिच्युट ट्रेनिङ जारी छ। यसले खेलाडीको खेल कौसल र क्षमता वृद्धि गर्ने विश्वास लिएका छौँ।'

गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोलीको सहभागिता रहने निश्चित भएको छ। प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लाग आठ हजार हाराहारीमा खेलाडीका बीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ।

प्रकाशित: Sep 26, 2022| 08:48 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।