शुक्रबार, जेठ १, २०८३

न्यूरोड क्षेत्रमा आज सवारी प्रवेशमा निषेध

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।

National life

बढ्दो सवारी चापलाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो।

(यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि प्रवेश निषेध गरेको हो। 

न्यूरोड जाने सबै किसिमका सवारीलाई अवस्था सामान्य नभएसम्म ‘डाइभर्सन' गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ।

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ।

प्रकाशित: Sep 26, 2022| 08:35 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।