सुर्खेत- सुर्खेतमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
रत्न राजामार्गको मंगलगढी-धुलियाविट सडक खण्डको कर्मचारी सञ्चय कोष नजिकै दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। भे ३ प २०८८ र भे ८ प ३१३८ नम्बरको मोटरसाईकल ठोक्किदा तीन जना घाइते भएका हुन्।
सुर्खेतका ट्राफिक प्रमुख हरिबहादुर विसीले भने ‘घाइते मध्ये एकको अवस्था गम्भीर छ।’ विसीका अनुसार भे ८ प ३१३८ नम्बरको मोटरसाइकल चालक वीरेन्द्रनगर-३ मसुरीखेतका विक्रम शाही र भे ३ प २०८८ नम्बरका चालक जुम्ला सिंञ्जा घर भर्इ हाल वीरेन्द्रनगर-३ तातापानी बस्ने मनाजे र अर्को एक जना घाइते भएका छन्।
‘मोटरसाईकल पछाडी सवार एक जनाको परिचय खुलेको छैन।’ प्रमुख विसीले भने, ‘प्याकुरेलको अवस्था गम्भीर छ।’ घाइते सबैको स्थानीय माया नर्सिङ् होममा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४