बुधबार, वैशाख ९, २०८३

राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जानुहुने कार्यक्रम तय भएको छ। भारतको राष्ट्रपतिको रूपमा उहाँको यो पहिलो आन्तरिक भ्रमण हुनेछ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

नयाँ दिल्ली- राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जानुहुने कार्यक्रम तय भएको छ। भारतको राष्ट्रपतिको रूपमा उहाँको यो पहिलो आन्तरिक भ्रमण हुनेछ।

National life

सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी हुनेछन्। त्यसैगरी उनले धारवाडमा भारतीय सूचना प्रविधि संस्थान धारवाडको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछन्। मंगलबार राष्ट्रपतिले बेंगलुरुमा हिन्दुस्तान एरोनटिक्स लिमिटेडको एकीकृत क्रायोजेनिक इन्जिन उत्पादन सुविधाको उद्घाटन गर्नेछन्।

उहाँ सोही दिन सेन्ट जोसेफ युनिभर्सिटीको उद्घाटन समारोहमा सहभागी हुने र पछि कर्नाटक सरकारले उहाँको सम्मानमा बेंगलुरुमा आयोजना गर्ने नागरिक स्वागत समारोहमा भाग सरिक हुनेछन्। 

राष्ट्रपति मुर्मु सेप्टेम्बर २८ मा केन्द्रीय राजधानी फर्किनेछन्। 

प्रकाशित: Sep 26, 2022| 00:05 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।