शुक्रबार, जेठ १, २०८३

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो। हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

बेनी- बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन्। गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो। हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन्।

National life

म्याग्दीका गुर्जा, मुदी, ओखरबोट, मल्कबाङ, मराङ, कुइनेमङ्गले, चिमखोला, भगवती, दोवा, दाना, पाउद्वारलगायतका क्षेत्रमा व्यावसायिक भेडापालन हुँदै आएको छ। गुर्जाको चुरेन र पुथाआधार शिविरमा रहेका भेडीगोठ गाउँतर्फ सार्न सुरु गरिएको छ।  

हिमाली क्षेत्रमा करिब तीन महिनासम्म रहने भेडीगोठलाई बिस्तारै पहाडी जङ्गलतर्फ सारिएको विगत छ वर्षदेखि व्यावसायिक भेडापालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए।

'धौलागिरि आधार शिविरसम्म नै गोठ पुर्‍याएको थिएँ, चिसो बढ्न थालेपछि अहिले मयाले डाँडामा गोठ झारेका छौँ, अब बिस्तारै यहाँबाट पनि बँेसीतर्फ नै गोठ सार्छौं,' उनले भने। मलम्पारका भविराम छन्त्याल र शङ्कर छन्त्यालले पनि च्यामली आधार शिविरमा राखेको भेडीगोठलाई कोपा र धुरीबाङ खर्कमा सारेका छन्। 

रघुगंगा गाउँपालिकाको चिमखोला र कुइनेमङ्गलेका भेडापालक कृषकहरुले चौरवन, रिखार, कालीबराहलगायतका बुकीहरुमा राखेका भेडीगोठलाई खर्कतिर सार्न थालेका छन्। धवलागिरि गाउँपालिका–४ मुदीका झर्सिङ मगर, खिमकल मगर र चनप्रसाद मगरलगायतले पनि हिमाली बुकीहरुबाट सिङकोसतर्फ भेडीगोठ सार्न थालेका छन्। 

मुस्ताङ र म्याग्दीको हिमालीबुकीसम्म गोठ लगेका रघुगङ्गा गाउँपालिकाको भगवती र बेगका भेडापालकहरुले समेत गोठलाई पहाडी क्षेत्रमा ल्याइसकेका छन्। उता अन्नपूर्ण गाउँपालिका–५ खयरखोला र वडा नं ३ दानाको लेकमा रहेका गोठहरु पनि न्यानो र चरनका लागि लेकका बुकीबाट खर्कतर्फ झरेका छन्। चरन, न्यानो र बिक्रीका लागि पनि गोठहरुलाई लेकका बुकीबाट बेँसीतर्फ लैजान सुरु भएको पाउद्वारका भेडापालक कृषक लालवीर तिलिजाले जानकारी दिए। 

प्रकाशित: Sep 25, 2022| 22:50 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।