शुक्रबार, जेठ १, २०८३

पहिरो पन्छाइएपछि महाकाली लोकमार्ग सञ्चालन

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

महेन्द्रनगर- महाकाली लोकमार्गअन्तर्गत  गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ।

National life

दार्चुलाको गोकुलेश्वर खलङ्गा सडकखण्डअन्तर्गत पनेबाज क्षेत्रमा खसेको पहिरो ठेकेदारको स्काइभेटर र डिभिजन सडक पाटन बैतडीको लोडरले पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिए।

स्काइभेटर र लोडरले पहिरो पन्छाएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरु आ–आफ्नो गन्तव्यका लागि  चल्न थालेका छन्। लोकमार्ग अवरुद्ध हुँदा दार्चुला काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुराका लागि छुटेका सवारी साधनहरु ठप्प भएका थिए।

उक्त क्षेत्रमा पहिरो आएर फेरि सडक बन्द हुने सम्भावना रहेको छ। सडक डिभिजनका सुपरभाइजर राजेन्द्रसिंह धामीका अनुसार सडक भासिएको ठाउँमा  तलतिर पर्खाल लगाउन नमिल्ने भएको कारण ब्याक कटिङ गर्नुपर्ने र कटिङ गरिसकेपश्चात् सडक पूर्णरूपले सञ्चालन हुने बताए। 

प्रकाशित: Sep 25, 2022| 22:05 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।