शुक्रबार, जेठ १, २०८३

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

हेटौंडा- सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ।  

National life

कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ। उहाँले दसैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए।

एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ। कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ। क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन।

दैनिक  सात सय  ५० मेट्रिकटन र वार्षिक  दुई लाख ६० हजार  मेट्रिकटन  सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन  हुने गरेको महाप्रबन्धक पाण्डे जानकारी दिनुभयो। उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ।

उद्योगले  पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ। उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा रु १६ करोड ३६ लाख नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको। आव २०७५/०७६ मा उधोगले रु एक करोड पाँच लाख नोक्सानी बेहोरेको थियो। 

त्यसपछि आव २०७६/०७७ मा रु २३ करोड ८२ लाख, २०७७/०७८ मा रु १७ करोड चार लाख उद्योगलाई घाटा भएको थियो। गत आर्थिक वर्षमा उद्योगले रु एक अर्ब २२ करोड आम्दनी गरेर रु एक अर्ब ३९ करोड खर्च गरेको बताइएको छ। गत आर्थिक वर्ष उद्योगको नोक्सानी रु २३ करोड रु ५५ लाख रहेको  छ।

कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो।  उहाँले उद्योगको वर्तमान समस्या  हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए। 

प्रकाशित: Sep 25, 2022| 22:25 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।