शुक्रबार, फागुन १५, २०८२

मौसम परिवर्तन कुरेर बस्दा नियन्त्रणबाहिर पुग्यो डेंगु

‘अब विस्तारै चिसो मौसम सुरु हुँदैछ, लामखुट्टेले सामान्यतया १५ डिग्रीभन्दा चिसो तापक्रममा फुल पार्न सक्दैन, त्यसपछि विस्तारै डेंगु संक्रमण कम हुँदै जान्छ,' ईडीसीडी पूर्वनिर्देशक मरासिनीले भने, 'नियन्त्रणका काममा धेरै लगानी गर्नुपर्छ भनेर सरकारले त्यसैले सरकार काम गर्न भन्दा पनि जाडो मौसम कुरेर बसेको छ।’
 |  आइतबार, असोज ९, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, असोज ९, २०७९

काठमाडौं- हालसम्म ७६ जिल्लामा संक्रमण पुष्टि भएको डेंगुबाट २९ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ हजार ४९२ जना डेंगुबाट संक्रमित भएका छन्। 

National life

गत पुसदेखि फाट्टफुट्ट देखिन सुरु भएको डेंगु असारयता निरन्तर बढ्दो क्रममा रहेको डेंगुका सबैभन्दा धेरै संक्रमित बागमतीमा छन्। १९ हजार जना संक्रमित रहेको यो प्रदेशलाई २ हजार ८७२ जना संक्रमितका साथ लुम्बिनीले पछ्याएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशमा ७७७, प्रदेश १ मा ७५३, गण्डकी प्रदेशमा ५३७, मधेश प्रदेशमा ३२३ र कर्णाली प्रदेशमा २३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान चलाएको छ। प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयासबारेमा छलफल गर्ने, विद्यालय र होटलहरूमा डेंगु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयहरुको एसोसिएसनसँग छलफल गर्ने, डेंगु रोकथाम र नियन्त्रण सूचना सामाग्री विकास गरेको र विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको दाबी ईडीसीडीको छ। थप कार्यक्रम कार्यान्वयन गर्ने योजना पनि बनिरहेको ईडीसीडीले बताएको छ। 

मन्त्रालय र ईडीसीडीको प्रयासको प्रभाव भने हालसम्म देखिएको छैन। सरकारले बेवास्ता गर्दा डेंगु नियन्त्रणमा कठिनाइ भएको विज्ञहरू बताउँछन्। ईडीसीडीका पूर्वनिर्देशक डा बाबुराम मरासिनी डेंगु नियन्त्रणका लागि समाजका सबै पक्षको सहयोग उतिकै महत्वपूर्ण हुने भएपनि सरकारको भूमिकाप्रति असन्तुष्ट छन्।

'सरकाले अब 'लामखुट्टेको लार्भा खोज र नष्ट गर' अभियान गरेर मात्र डेंगु नियन्त्रण सम्भव छैन। डेंगु देखिन सुरु गर्नासाथ गर्नुपर्ने काम अहिले गरेर पुग्दैन,' उनले भने, 'पहिले नै यो अभियान चलाएको भए यो अवस्था आउन पाउँदैनथ्यो। अब सरकारले उपचारको पाटोलाई बलियो बनाउनुपर्छ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 25, 2022| 20:23 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्