काठमाडौं- सोमबारदेखि १५ दिनका लागि अदालत बन्द हुने भएका छन्। दसैँको अवसरमा अदालत बन्द हुन लागेका हुन्।
दसैंका बेला घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द गर्ने परम्पराअनुसार अदालत बन्द हुन लागेका हुन्। सर्वोच्च अदालतले बन्द हुने सूचना जारी गरिसकेको छ। यो अवधिमा जिल्ला र उच्चसहित विशेष अदालत पनि बन्द हुनेछन्।
बन्द अवधिमा पनि बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जी जारी गर्नेलगायतका कामका लागि ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहनेछन्। तर यस अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिन भने पूर्ण रूपमा अदालत बन्द हनेछन्।
असोज १० गते बन्द भएका अदालत २४ गतेदेखि खुला हुनेछन्।