शनिबार, साउन १२, २०८१

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- 'प्रेमगीत-३' फिल्मको हिन्दी संस्करण निर्माता कम्पनीले करचुक्ता गरेको प्रमाणपत्र पेस नगरेका कारण सेन्सर रोकिएको भएपनि त्यसलाई गलत प्रचार गरिएको चलचित्र विकास बोर्डले दाबी गरेको छ। बोर्ड अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ। 

triton college

 सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चलचित्र विकास बोर्डले सिफारिस गरेसँगै यस्तो वक्तव्य निकालेको हो। शुक्रबारदेखि रिलिज भएको ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनलाई लिएर बोर्डका अध्यक्ष भुवन केसीसहितका पदाधिकारी तथा सदस्यहरुलाई ‘प्रेमगीत ३’ सँगको विवादमा जोडेर गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति दिइएको समेत जिकिर गरिएको छ। 

'आशुधेन फिल्मस् प्रोडक्सन प्रालिमार्फत निर्माण भएको 'प्रेमगीत-३' उक्त कम्पनीको करचुक्ताको प्रमाणपत्र पेश नगरी चलचित्र 'प्रेमगीत ३' (अंग्रेजी सबटाइटलसहित हिन्दी डब) को जाँचका लागि विदेशी चलचित्र वितरण इजाजत प्राप्त कम्पनी श्री व्यकटेश इन्टरटेनमेन्ट प्रालिले भारतस्थित केन्द्रीय फिल्म प्रमाणन बोर्डले मिति २०७९/५/२७ गतेमा जारी गरेको जाँचपास प्रमाणपत्र संलग्न राखी उक्त चलचित्र विदेशी चलचित्र सरह जाँचको सिफारिसका लागि यस बोर्डमा मिति २०७२/६/५ मा दरखास्त दिएको र सो दरखास्त साथ विदेशी चलचित्रलाई लाग्ने भन्सार महसुल तिरी पैठारी गरेको कागजात समेत पेस गरी चलचित्रको जाँचपासको लागि सिफारिस माग गरेकोले निवेदकको माग बमोजिम नै विदेशी चलचित्र सरह उक्त चलचित्रको जाँचका लागि यस बोर्डको च.नं. २९४, मिति २०७९/६२५ को पत्रबाट केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको हो,' बोर्ड अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आइतबार सेन्सर सिफारिसिका लागि निवेदन आउनासाथ  ढिलो नगरी त्यसका लागि सिफारिस गरिएको पनि जिकिर केसीले गरेका छन्। बोर्डले सेन्सर पासका लागि सिफारिस गर्दा मूल चलचित्रभन्दा हिन्दी डब ढिला गरी हलमा लागेको छ। 

यस्तो छ बोर्डको विज्ञप्ति

Metro Mart
vianet

प्रकाशित: Sep 25, 2022| 17:45 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।