काठमाडौं-
नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथप्रसाद शाह जनसेवा श्री पदकबाट विभुषित भएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा अध्यक्ष शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरी विभुषित गरिन्।
यसैगरी,
नेपाल समयका प्रदेश २ संयोजक धैर्यकान्त दत्त पनि जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरूको घोषणा गरिएको थियो।
समारोहमा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई मरणोपरान्त नेपाल रत्न, नेपाली कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिलाई राष्ट्रगौरव, शेख इद्रिस, नोना कोइराला, अमिक शेरचन, बर्मन बुढा र रामकुमारी यादवलाई महाउज्जवल राष्ट्रदीप पदकबाट विभुषित गरिएको छ।
त्यसैगरी, संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई उज्जवल कीर्तिमय राष्ट्रदीप, पूर्वप्रधानन्याधीश गोपालप्रसाद पराजुली, सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातलगायत व्यक्तिहरू प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभुषित भएका छन्।