काठमाडौं– चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।
योसँगै सोमबारबाट फिल्मको हिन्दी संस्करण नेपालका हलहरूमा प्रदर्शन हुने भएको छ। निर्माण टिमका अनुसार फिल्मको सेन्सर आइतबार भइसक्नेछ। आइतबार साँझबाटै हिन्दी संस्करणको बुकिङ खुल्ने बताइएको छ।
चलचित्र विकास बोर्डले फिल्मको हिन्दी संस्करणलाई विदेशी फिल्मसरह १५ प्रतिशत कर तिर्नुपर्ने नियम बनाएको थियो।तर, मन्त्रालयले नेपाली फिल्मको मान्यता दिएपछि अब फिल्म १५ प्रतिशत कर पनि तिर्नु नपर्ने भएको छ।