शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप विदेशबाटै कानुनी परामर्शमा, विमानस्थलमा कुर्दै प्रहरी

सन्दीप विदेशबाटै कानुनी परामर्शमा, विमानस्थलमा कुर्दै प्रहरी

उजुरीपश्चात् सन्दीपलाई पक्राउ गर्नका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अझै प्रहरीको सम्पर्कमा आएका छैनन्। आफूविरुद्ध जबरजस्ती करणी आरोपमा उजुरी परेपछि अनुसन्धानलाई सघाउन नेपाल आउने बताएका सन्दीप त्यसयता सम्पर्कविहीन छन्।

National life

गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीअनुसार भदौ ५ गते साँझ कफी पिउन बोलाई सन्दीपले ती किशोरीलाई नगरकोट पुर्याएका थिए। त्यो रात उतै बस्ने योजना बनाएका सन्दीप किशोरीको करकापका कारण काठमाडौं फर्किन बाध्य भए। तर होस्टल बन्द भइसकेकाले होटलमा बस्नुपरेको र होटलमा मादक पदार्थ पिलाई लठ्याएर सोही रात सन्दीपले आफूलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप ती किशोरीको छ।

उक्त उजुरीपश्चात् सन्दीपलाई पक्राउ गर्नका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी हुँदासम्म सम्पर्कमा रहेका र नेपाल फर्केर अनुसन्धान गर्न सघाउँछु भनेका उनी त्यस दिनयता बेपत्ता छन्। उनी सम्पर्कविहीन भएको १८ दिन बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

सुरुमा सन्दीप फर्किन्छु भनेपछि एयरपोर्टबाट पक्राउ गर्ने तयारी गरेको प्रहरीले उनी नफर्किएपछि इन्टरपोल प्रक्रियामा जाने बताएको थियो। इन्टरपोलको प्रक्रिया सुरु समेत भइसकेको बताएको थियो प्रहरीले। तर  प्रहरीकै एक स्रोतले भने प्रक्रिया अझै अघि नबढेको बताएको छ। सन्दीप चाँडै फर्किने खबर पाएका कारण अझै पनि उनलाई प्रहरीले पर्खिएरै बसेको उनले बताए।

विदेशबाहिर रहेको अभियुक्त वा अपराधी करार भइसकेको व्यक्तिलाई देशमा ल्याउनका लागि विभिन्न देशका प्रहरीबीचको आपराधिक गतिविधिको अनुसन्धानमा सघाउने अन्तर्राष्ट्रिय प्रहरी संगठनको इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गरी त्यस्ता व्यक्तिलाई पक्राउ गर्ने गरिन्छ। सन्दीपविरुद्ध रेड कर्नर नोटिस जारी नभएको प्रहरीका ती अधिकारीले बताए। यद्यपि, सन्दीप नफर्किए चाँडै पक्राउ गर्नेगरी अनुसन्धान भइरहेको भने उनले दाबी गरे।

क्यानको लचिलोपनको फाइदा उठाउँदै घर जाने भनेर निस्किएका थिए सन्दीप

सन्दीपको विषयमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए। ‘अनुसन्धानका सबै प्रक्रिया अघि बढेका छन्, अनुसन्धानकै क्रममा रहेकाले केही बोल्न मिल्दैन,’ उनले बताए।

सन्दीप ६ भदौमा केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या हुँदै क्यारेबियन प्रिमियर लिगका लागि सेन्ट लुसिया पुगेका थिए। त्यसपछि पछिल्लो समय दुबईबाट उनी क्यानको सम्पर्कमा आएका थिए। त्यसयता क्यानसँग पनि उनको सम्पर्क नभएको उनीनिकट स्रोतले बताएको छ। यद्यपि, सन्दीप नेपाल फर्किने तयारी गरिरहेको दाबी उनले गरे। अहिले विदेशबाटै सन्दीपले आफूनिकट कानुन व्यवसायीसँग परामर्श लिइरहेको उनले बताए।

‘उहाँ कानुन व्यवसायीसँग परामर्शमै हुनुहुन्छ,’ उनले भने, ‘दसैंपछि नेपाल फर्किनेगरी तयारी उहाँको थियो, तर दसैंअगाडि नै फर्किन सक्नेगरी छलफल भइरहेको छ।’

प्रकाशित: Sep 25, 2022| 14:12 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।