शुक्रबार, जेठ १, २०८३

गोंगबु बसपार्कबाट गैंडाको खागसहित दुई जना पक्राउ

गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्।

National life

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा एक जना महिला र एक जना पुरुष छन्।

प्रकाशित: Sep 25, 2022| 12:19 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।