शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैँका लागि दार्चुलाबाट च्याङ्‍ग्रा काठमाडौं ल्याइँदै

दसैँका लागि दार्चुलाबाट च्याङ्‍ग्रा काठमाडौं ल्याइँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्‍ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको संख्यामा च्याङ्‍ग्रा ल्याउन लागेको हो।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- यस वर्षको बडादसैंमा काठमाडौंका लागि दार्चुलाबाट केही संख्यामा च्याङ्‍ग्रा ल्याइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्‍ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको संख्यामा च्याङ्‍ग्रा ल्याउन लागेको हो।

National life

 कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्‍ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए।

कम्पनीले ती च्याङ्‍ग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ। कम्पनीको उक्त प्रयासले बजार मूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ।

यसैबीच, स्थानीय पालिका जनप्रतिनिधिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिंकरको लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ।

कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैँअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ। ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: Sep 25, 2022| 09:54 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।