शुक्रबार, साउन १, २०८३

अफगानी आतंकवादी समूहहरूका नाइके रहेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काबुल- अफगानिस्तानको आतंकवादी संगठन हक्कानी नेटवर्कका संस्थापक जलालुद्दिन हक्कानीको लामो बिरामीपछि मृत्यु भएको छ ।

उनी आतंकवादी संगठनहरू तालिबान र अल–कायदा दुवैका प्रिय पात्र मानिन्थे । हक्कानीका छोराले सन् २००१ देखि नै नेटवर्क कब्जामा लिएको विश्वास गरिन्छ । पछिल्ला दिनमा अफगानिस्तानमा स्वदेशी तथा नेटो फोर्समाथि भइरहेका आक्रमणहरूमा हक्कानी नेटवर्कको हात रहेको बताइँदै आएको छ ।

जलालुद्दिनले सन् १९८० मा सोभियत संघको सेनाविरुद्ध गुरिल्ला युद्ध छेडेका थिए । त्यतिबेला अफगानिस्तान सोभियत संघको कब्जामा थियो । त्यतिबेला उनी अमेरिकी जासुसी संस्था सीआईएका विश्वास पात्रका रूपमा चर्चामा थिए ।

पछि उनी तालिबानका मित्रका रूपमा देखा परे । सन् १९९६ मा अफगानिस्तानमा तालिबानको कब्जा हुँदा उनी त्यसको समर्थक देखिए । उनको मृत्यु घोषणा गर्दै तालिबानले जलालुद्दिनलाई ‘अनुकरणीय योद्धा र यस युगका प्रतिष्ठित जिहादी व्यक्तित्व’ संज्ञा दिएको छ ।

अफगानिस्तानका आदिवासी इलाकाहरूमा सक्रिय धेरै सशस्त्र समूहमध्ये हक्कानी नेटवर्क पनि एक हो । र, यसलाई पाकिस्तानी भूमिबाट सञ्चालित भएको आरोप लाग्दै आएको छ । सन् २०१७ मा काबुलमा भएको आत्मघाति आक्रमणमा पनि सोही नेटवर्कको हात थियो, जसमा परी एकसाथ डेढ सय सर्वसाधारणको ज्यान गएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।