काठमाडौं- काठमाडौंको वसुन्धारामा गएराति स्कुटर र ट्याक्सी ठोक्किँदा एक जनाको ज्यान गएको छ।
राति पौने २ बजे बा२ज ११९२ नम्बरको ट्याक्सी र बा९१प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको ज्यान गएको हो।
उनी अहिले महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग तिलिङ्गेटारमा प्रहरी कार्यालय सहयोगीको रुपमा कार्यरत थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको हो। ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ।