मंगलबार, साउन १९, २०८३

समाजलाई विभाजित गरेर नेता हुन सकिदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

दोलखा- सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।

थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चाउथ्यो। तर अहिले समय निकै बदलिसकेको छ। अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन। नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ।’

सीमान्तकृत जनजातीहरुलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरुलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए।

‘राजनीतिक दलहरु असफल भए। तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए। अब पुराना दलहरुले जनताको समस्या हल गर्न सक्दैनन्। त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन्। फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ।’ मन्त्री चौधरीको भनाई थियो।

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अट्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आसा व्यक्त गरे।

पूर्व मन्त्री पार्वत गुरुङले थामी जातीलाई अघि बढाउन सधैँ लागिपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरुले आआफ्ना धारणा राखेका थिए।

प्रकाशित: Sep 25, 2022| 07:31 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...