शुक्रबार, साउन १, २०८३

सन्दिपको पाँच विकेटले पनि दिलाएन नेपाललाई जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाल मलेसियमा जारी एसिया कप छनोट क्रिकेटबाट बाहिरिएको छ । छनोटको आफ्नो अन्तिम खेलमा हङकङसँग तीन विकेटको पराजय भोग्दै नेपाल एसिया कप छनोटबाट बाहिरिएको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले लज्जास्पद प्रदर्शन गर्दै ९६ रनको लक्ष्य हङकङविरुद्ध सुम्पेको थियो । सामान्य लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा सात विकेट गुँमाउदै लक्ष्य भेट्टायो । 

हङकङका लागि अन्सुमान राथले अर्धसतकीए पारि खेले । उनले ८२ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ५२ रन जोड्दा किन्चित साहले १४ रन बाहेक अन्ये ब्याट्सम्यानले दोहोर अंक छुन सकेन् । 

तर पनि हङकङले नेपालमाथि सहजै जित निकाल्यो । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक पाँच  विकेट लिएपनि नेपाललाई जित दिलाउन सकेनन् । उनले १० ओभरमा २७ रन खर्चर्दै पाँच विकेट लिएका थिए । त्यस्तै बसन्त रेग्मी र सागर पुनले एक एक विकेट लिए ।

यसअघि नेपालले ३९.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सकेको थियो । मंगलबारको खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन । नेपालका लागि आरिफ सेखले १८, अनिल साह र बसन्त रेग्मीले १५, कप्तान पारस खड्काले १४ र उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान जन्म सकेनन् । 

नेपालको यसअघिका चार खेल मध्ये दुई खेलमा हार र दुई खेलमा जित दर्ता गरेको थियो । नेपालले पहिलो खेल ओमनसँग ७ विकेटले पराजित हुँदा दोस्रो खेलमा युनाईटेड अरब इमिरेट्ससँग ७८ रनले पराजित भएको थियो । 

आफ्नो तेस्रो खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित गर्दा, चौथो खेलमा सिंगापुरमाथि ४ विकेटले जित हासिँल गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।