शनिबार, फागुन ३०, २०८२

अनशन तोड्दै डा केसीले भने- सहमति कार्यान्वयन नभए फेरि अनशन बस्छु

'यदि यो सहमति कार्यान्वयन भएन भने म फेरि अनसन बस्छु,' उनले भने, 'सहमति मात्र भनेर म बस्दिनँ।'
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- १३ दिनसम्म अनशन बसेर १० बुँदे सहमति गर्दै अनशन तोडेका डा केसीले सरकारले माग पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन्। अनशन तोडेपछि पत्रकारसँग कुराकानी गर्दै डा केसीले यस्तो चेतावनी दिएका हुन्। 

विगतमा सरकारले सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै फेरि पनि आफूहरूलाई धोका भए सहमति मात्र भनेर आफू नबस्ने उनको भनाइ छ। 

'यदि यो सहमति कार्यान्वयन भएन भने म फेरि अनसन बस्छु,' उनले भने, 'सहमति मात्र भनेर म बस्दिनँ।' त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी अर्मान अन्सारीको हातबाट जुस पिएर डा केसीले अनसन तोडेका हुन्।

प्रकाशित: Sep 24, 2022| 20:29 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्