बुधबार, वैशाख ९, २०८३

कम्बोडियामा डुंगा डुब्दा तीन जना चिनियाँको मृत्यु

थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन्।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

National life
kumari

सिहानोकभिले- कम्बोडियाको तटमा शनिबार डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या बढेर तीन पुगेको छ। थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन्। एकचालीस जना चिनियाँ यात्रु बोकेको डुंगा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको थियो।

कम्बोडियाको प्रेह सिहानोक प्रान्तीय प्रशासनका प्रवक्ता खेआङ फेरोमले एएफपीलाई उद्धार टोलीले शनिबार थप दुई शव फेला पारेको र मृतकको सङ्ख्या तीन पुगेको बताएका छन्। आठ जना अझै बेपत्ता रहेको उनले बताए। कम्बोडियाली अधिकारीहरूले शुक्रबार २१ जनाको उद्धार गरेका थिए।

यसैबीच, किएन जियाङ प्रान्तको एन थोई स्टेशनमा ड्युटीमा रहेका भियतनामी सीमा गार्डले एएफपीलाई फु क्वोक टापु नजिकै भियतनामी जलक्षेत्रमा शुक्रबार नौ चिनियाँ नागरिकलाई माछा मार्ने जहाजले उद्धार गरेको बताएका छन्। यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले घटनाबारे बेइजिङ कम्बोडियाली अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन्।  -एएफपी

प्रकाशित: Sep 25, 2022| 00:16 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।