बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाबुरामको वैकल्पिक राजनीति र माओवादी एमालेसँग जोडिनु दुवै असफल प्रयोगः अध्यक्ष प्रचण्ड

बाबुरामको वैकल्पिक राजनीति र माओवादी एमालेसँग जोडिनु दुवै असफल प्रयोगः अध्यक्ष प्रचण्ड

प्रचण्ड, बाबुराम चानचुने नेतृत्व नभएका र नेपाली जनताले ठूलो त्याग, तपस्या र बलिदानबाट सिर्जना गरेको नाम भएको प्रचण्डको बखान।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीति र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरे पनि दुवै प्रयोग सफल नभएको स्वीकारेका छन् ।

National life

शनिबार डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममभा प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले बाबुरामसँगको सहकार्य अब चुनावसम्मका लागि मात्र नभई लामो कालसम्म रहने सुनाए।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेसपाले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ।प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै समयसम्म रहन्छ। हामी दुवैले देशलाई समृद्धि र विकासको नयाँ मोडल दिनुपर्छ। त्यो दिन सक्छौं।’

प्रचण्ड र बाबुराम एक ठाउँ भए लाखौं, करोडौं जनता एक ठाउँ हुने उनले दाबी गरे। ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाम मात्र भएर परिवर्तन भएको होइन। नेपाली जनताले ठूलो त्याग, तपस्या र बलिदानबाट पैदा गरेका नाम हुन् यी’, उनले भने।

प्रचण्ड र बाबुराम इतिहासले उत्पन्न गरेको नेतृत्व र युगान्तकारी भूमिका खेल्ने नेताहरु भएको दाबी गर्दै उनले अलग हुँदा नराम्रोसँग धक्का खाइँदो रहेछ र क्रान्तिकारी हेपिँदा रहेछन् भन्ने चेत अहिले खुलेको बताए।

Shivam cement

उनले भने, ‘हाम्रो जीवनका धेरै वर्ष बाँकी छैनन्। हामीले हिसाब गरेका छौं। बढी भए एक दशक। एक दशक विकासको नयाँ मोडल दिएर संसारबाट बिदा हुने सपना बनाएका छौं।’

प्रकाशित: Sep 24, 2022| 13:50 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...