शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने

डा. केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै २०औं पटक अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने भएको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै २०औं पटक अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा नागरिक आन्दोलनले बृहत् प्रदर्शन गर्ने भएको छ।

National life

केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको हो। यसका लागि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुन उसले पेसाकर्मी, परिवर्तनकर्मी शक्ति र नागरिकलाई अपिल गरेको छ।  

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सातबुँदे माग राख्दै डा. केसीले २०औं अनशन थालेको आज १३औं दिन पुगेको छ। कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि तीन दिनदेखि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘उनको स्वास्थ्य अवस्था जटिल रहेकोले सरकार यथाशीघ्र संवेदशील र उत्तरदायी हुन जरुरी छ।’



प्रकाशित: Sep 24, 2022| 09:48 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।