मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पल शाह प्रकरणमा अदालती फैसलाको पूर्णपाठ : अदालतले किन ठहर्‍याएन बलात्कार?

पल शाह प्रकरणमा अदालती फैसलाको पूर्णपाठ : अदालतले किन ठहर्‍याएन बलात्कार?

अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।

पल शाहविरुद्ध एक नाबालिगको जाहेरीपछि गत चैत ३ गते जिल्ला अदालतमा जबरजस्ती करणको मुद्दा दर्ता भएको थियो। नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई नवलपुर अदालतले सफाइ दिइसकेको छ। बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै उनीमाथि साढे दुई वर्ष कैद सजाय सुनाइएको छ।

पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ। ‘मिसिल संलग्नमाथि उल्लिखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसुर गरेको भनि अनुमान गर्न मिल्ने अवस्था देखिँदैन। अदालतले सडकमा उठाइएको आवाज एवं प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन। अदालतमा पेश भएका कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ। अझ फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनुपर्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ।

फैसलामा अदालतलाई प्राप्त प्रमाणहरु बलात्कार पुष्टि गर्नका लागि पर्याप्त नरहेको उल्लेख छ। मेडिकल रिपोर्टले पीडितको कन्याजाली च्यातिएको देखाएको भए पनि यौन सम्बन्धकै कारण च्यातिएको मान्न नसकिने तर्क गरिएको छ। कन्याजाली च्यातिएको सन्दर्भमा पीडितले नै आफू सानैबाट साइकल चलाउने र अरुलाई सिकाउने पनि गरेको भनि बयान दिएको फैसलामा उल्लेख छ।

‘यस घटनामा वादी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनि स्वतन्त्र र वस्तुनिष्ट प्रमाण अदालतसमक्ष पेस गर्न सकेको देखिँदैन। अनुमानको आधारमा करणी लिनु दिनु भएको भनि तथ्य मिसिलमा आधारित नभई प्रतिवादी उपर कसूर ठहर गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।

अदालतले बलात्कारमा सजाय दिए पनि पल र नाबालिग प्रेमसम्वन्धमा रहेको तथा पलले नाबालिगलाई शारीरिक दुर्व्यवहार गरेको ठहर गरेको छ। यो ठहरमा अदालतले सबैभन्दा बलियो आधार अडियो क्लीपलाई मानेको छ। ती क्लीप पल आफैंले फेसबुकमा हालेका थिए।

शाहले भने आफूमाथि लागेको आरोप झुटो रहेको बयानका क्रममा बताएका थिए। साथै उनले पीडित भनिएकी किशोरी र आफूबीच प्रेम सम्बन्धसमेत नरहेको बयानका क्रममा बताएको पूर्णपाठमा उल्लेख छ।



प्रकाशित: Sep 24, 2022| 09:14 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...