काठमाडौं- हलिउडकी अभिनेत्री लुइस फ्लेटचरको निधन भएको छ। शुक्रबार ८८ वर्षको उमेरमा लुइसको निधन भएको हो। निधनको समय उनी फ्रान्सस्थित घरमै थिइन्।
‘वान फ्लु ओभर त कुक्कुज नेस्ट’ चलचित्रबाट लुइसले सहअभिनेत्रीका लागि अस्कर अवार्ड पाएकी थिइन्।
केन केसीको उपन्यासमा आधारित भएर बनेको उक्त चलचित्रले पाँचवटा अस्कर जितेको थियो। उनले टेलिभिजन सिरियल ‘लम्यानबाट’ करिअर सुरु गरेकी थिइन्।