बिहीबार, असार ४, २०८३

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- 'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ। पुस्तक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरूको वृत्तान्त हो। गैर–आख्यानात्मक भएर पनि आख्यानको स्वाद पाइने लेखक दाहालले बताएका छन्।

National life

'माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको इन्द्रेणी चियाउन सकिन्छ,' पुस्तक विमोचनमा समारोहमा दाहालले भने।

किताबमा केही प्रकाशित र केही अप्रकाशित सामग्री रहेको उल्लेख गर्दै उनले भने, 'प्रकाशित सामग्रीलाई पनि मैले मसिनो गरी नयाँ रंगले सजाएको छु र ताजा बनाएको छु।'

प्रकाशक किताब पब्लिसर्सका अनुसार विभिन्न समयमा लेखिएका निबन्धमा लेखकले तत्कालीन समय र सन्दर्भ मसिनोसँग केलाएका छन्।

'कतै उनी नितान्त निजात्मक अनुभूतिहरूमा पोखिएका छन् जहाँ पारिवारिक दुर्घटनाको फलकबाट तत्कालीन सत्ताको क्रूर तस्बिर देखिन्छ। कतै उनी राजनीतिका पेचिला प्रश्नहरूमा डुबेका छन् जहाँ वैयक्तिक सहभागिताको फलकबाट नेपाली राजनीतिका दुर्घटनाहरू भेटिन्छन्। कतै भने उनले आफ्ना कल्पनालाई पखेटा हालिदिएका छन् जहाँ समयका सीमाहरू भत्किएका पाइन्छन्,' किताब पब्लिसर्सले जारी गरेको वक्तव्यमा भनिएको छ।

Shivam cement

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन्। लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै प्रयोगात्मक कविता वाचन गरेका थिए। तीमध्ये एउटा थियो- 'म देवकोटाको पागल पोएट्री हुँ, मन–मस्तिष्कको हिस्टोरिकल मिष्ट्री हुँ!'

कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले 'माधवी ओ माधवी' माथि टिप्पणी गरेका थिए। 'व्यक्तिको विचार वा विश्वासको निर्माणमा ऊ बसेको समाजको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक परिस्थितिले कसरी निर्धारण गर्छ भन्ने कुरा केशवका केही रचनाले मिहिन र कलात्मक ढंगले वैचारिकी प्रस्तुत गरेका छन्,' रंगकर्मी घिमिरेले टिप्पणी गरे।

किताब पब्लिसर्सका अनुसार फरकफरक स्वादका २३ वटा निबन्धहरूको संकलन 'माधवी ओ माधवी' विगत यात्राको वृत्तान्त मात्र होइन, वर्तमानको सूक्ष्म चित्रण पनि हो। यसमा सुन्दर भविष्यको सपनाका साथै निर्मम समीक्षाको संग्रह र वस्तुपरक विश्लेषणहरू रहेको विज्ञप्तिमा छ।

प्रकाशित: Sep 24, 2022| 08:11 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।