शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रसुवाका २५ वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण

रसुवाका २५ वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण

नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

रसुवा- नियमसङ्गत जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन  जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ। 

National life

बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पटक दुई दिने अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको बताउँदै जिससका उपप्रमुख विजय लामाले यसबाट सरकारको नीति एवं जारी भएका ऐन नियमबमोजिम जनतालाई दिनुपर्ने सेवा प्रभावकारी हुने अपेक्षा गरे। 

जिल्लाका २७ वडाध्यक्षमध्ये २५ जना सहभागी भएका र  उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजस्व सङ्कलन, प्रतिवेदन तयार, माइन्युटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्तिको लागि सिफारिस गर्ने तरिकाजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला समन्वय अधिकारी शर्मिला कार्कीले जानकारी दिइन्। यस प्रशिक्षणले वडाबाट सम्पादन गर्ने काम अगाडि बढाउन निकै मद्दत मिल्ने कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिए। 

 राजस्व सङ्कलन, सामाजिक सुरक्षा भत्ता वितरण एवं कम्युटरको प्रविधिअनुरुप लेखा व्यवस्थित बनाउने कार्यमा कोष तथा लेखा नियन्त्रण  कार्यालयका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलले प्रशिक्षण दिएका थिए।

प्रकाशित: Sep 24, 2022| 07:50 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।