शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनतालाई हेप्ने र थर्काउने नेता भएको ठाउँमा विकास हुँदैन : मन्त्री चौधरी

जनतालाई हेप्ने र थर्काउने नेता भएको ठाउँमा विकास हुँदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तीव्र हुने बताएका छन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तीव्र हुने बताएका छन्। 

National life

बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक– विकासशिल चोक-रंगशाला चोक –एयर्ट पोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माण लगायत ५० करोडका आयोजनाहरुको सहरी मन्त्री चौधरीले शुक्रबार शिलान्यास गरेका छन्।

शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बारा पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखेका छन्।

‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तीव्र गतिमा विकास पुग्छ। तर जहाँ जनताको काममा ध्यान दिने भन्दा पनि गफ ठूला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन।’ मन्त्री चौधरीले भने।

चुनाव जितेपछि नेता पार्टी भन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने बताएका सहरी मन्त्री चौधरीले किसान श्रेष्ठ बारामा विकास गर्न र यो ठाउँलाई माथि उठाउन यहाँ आएको बताए।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्वृद्धिको मुल फुट्ने दाबी गरे। बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए। 

सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपट बहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठुलो परिवर्तन आसा व्यक्त गरे।

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, सुन्दर विक, एकबाल मियाँ, सीता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी लगायत विभिन्न दलका प्रतिनिधिहरुले आआफ्ना मन्तव्य राखेका थिए।

प्रकाशित: Sep 24, 2022| 07:10 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।